भदौदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भदौदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने


प्रशासन विशेष ब्युरो

८ बैशाख २०७५, शनिबार


काठमाडौं । आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ ।

मौजुदा कानुनले कसैले वहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ। तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको खबर आजको नेपाल समाचार पत्रले प्रकाशित गरेको छ ।

बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय(जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन काराबासको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारवाही गर्ने कानुन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस