दुई सरकारी कार्यालयमा बम फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई सरकारी कार्यालयमा बम फेला


६ बैशाख २०७५, बिहिबार


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा बिहीबार बम फेला परेको छ ।

महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्‍याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर डल्लो जस्तो वस्तु फेला परेपछि कर्मचारी आतङ्कित भएर कार्यालय बाहिर निस्किएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निक्रिय पारेको थियो । बम सामान्य खालको रहेको सेनाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस