पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता नहुने


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता नहुने भएको छ । सर्वोच्चले पराजुलीले अदालतको अवहेलना गरेको भन्दै परेको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको इजलासले रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ ।

पराजुलीले अदालतको अवहेलना गरेको भन्दै मजोज कुमार अधिकारीले फागुन १५ गते रिट निवेदन दिएका भएपनि जोशी र केसीको इजलासले सर्वोच्च प्रशासनको निर्णय सदर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस