कर्मचारीहरुका लागि खुशीको खवर : रोजेको र घरपायक ठाउँमा जान पाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीहरुका लागि खुशीको खवर : रोजेको र घरपायक ठाउँमा जान पाउने


३ बैशाख २०७५, सोमबार


समायोजन

काठमाडौं । कर्मचारीहरुले आफूले रोजेको र घरपायकमा जान पाउने भएका छन् ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउन मापदण्ड २०७४’ जारी गरेसँगै कर्मचारीले रोजेको घरपायक स्थानीय तहमा जान पाउने भएका हुन् ।

मापदण्डअनुसार सरकारले पहिले देशभरीका स्थानीय तहको संगठन संरचना र दरबन्दी अनुसारका पदहरु खुलाएर १५ दिनभित्र सरुवाको निवेदन दिन सार्वजनिक सूचना जारी गर्ने छ र त्यसपछि कर्मचारीहरुले आफूले सरुवा हुन चाहेको १५ वटासम्म स्थानीय तहको नाम प्राथमिकताको आधारमा चयन गरेर निवेदन दिनुपर्नेछ ।

संकलित निवेदनबाट कर्मचारीको स्थायी ठेगाना पत्ता लगाई सकेसम्म सोही स्थानीय तहमा खटाइने मापदण्डमा उल्लेख गरिएको छ । यसरी खटाउँदा कर्मचारी नपुगेमा मात्र अन्य गाउँपालिका, नगरपालिका वा जिल्ला र प्रदेशका कर्मचारीलाई खटाइने मापदण्डमा उल्लेख गरिएको छ।

एक वर्षभन्दा कम उमेरको शिशु रहेको महिला कर्मचारी र कडा खालको रोग लागेका कर्मचारीलाई रोजेको स्थानीय तहमा पठाउने तथा पती र पत्नी दुबैजना निजामती सेवामा रहेमा सकेसम्म एउटै स्थानीय तहमा र त्यो सम्भव नभएमा नजिकको अर्को स्थानीय तह वा एउटै जिल्लामा खटाउने गरी मापदण्ड बनाइएको छ ।

हेर्नुहोस् मापदण्ड

Tags :
प्रतिक्रिया दिनुहोस