विधेयक पारित « प्रशासन
Logo १२ असार २०७९, आइतबार
   

विधेयक पारित


३० चैत्र २०७४, शुक्रबार


पोखरा । प्रदेश नं. ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवदेनसहित सो विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

प्रस्तावका पक्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र विपक्षमा राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका सदस्य रहे ।

उक्त प्रस्तावमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य मौन रहे ।

नियमापत्ति
बैठकमा प्रदेशसभा सदस्य कुमार खड्काले जनताका समस्या र सरोकारका विषयलाई शून्य एवम् विशेष समयमा व्यक्त गरिएका विषयमा सम्बन्धित मन्त्रीले एक हप्ताभित्रमा सम्बोधन गर्नुपर्ने व्यवस्था भए पनि १४ दिन बितिसक्दा पनि जवाफ आउन नसकेको भन्दै नियमापत्ति गरे ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभामा उठेका जनताका समस्यालगायतका विषयमा उठेका विषयमाथि आगामी बैठकमा सम्बोधन हुने जानकारी गराए।

बैठक आगामी वैशाख ३ गते २ बजे बस्नेछ । ९तस्बिर सम्लग्न छ ।०

प्रतिक्रिया दिनुहोस