रेल सेवाबाट फाइदा लिने तयारी गर्नुस् : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रेल सेवाबाट फाइदा लिने तयारी गर्नुस् : प्रधानमन्त्री ओली


२८ चैत्र २०७४, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताएका छन् ।

‘अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप, प्रविधि भित्र्याएर होइन नयाँ प्रविधिको प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धि तर्फ केन्द्रित गर्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यावशायीहरुलाई आग्रह गरेका छन् । ‘अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रकसौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिती हुनुहुदैन’ प्रधानमन्त्री ओलीले भने, ‘काठमाडौंबाट फर्कदा पनि रेल भर्नका लागि निर्यातजन्य उत्पादनमा लाग्नुहोस ।’

प्रधानमन्त्री ओलीले आगामी दुई बर्ष भित्र उद्योगलाई चाहिने जति विद्यतु दिन सरकार सक्षम हुने बताएका छन् । अब बिजुली हुदैन कि भनेर उद्योग सञ्चालन गर्न हिच्किचाउनु नपर्ने ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । निजी क्षेत्रका समस्याहरुलाई सूचिकृत गरेर सरकार समक्ष पेश गर्न ओलीले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस