२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्दै उनले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘हाम्रो लक्ष्य पूर्वाधार मात्रै नभएर आत्मसम्मान सहितको समृद्धि हो ।’ पूर्वाधारमा समृद्ध रहेका मुलुकका जनतामा पनि वितृष्णा देखिएको भन्दै उनले पूर्वाधार निर्माणले मात्रै समृद्धि नआउने बताए ।

वैज्ञानिक शिक्षाको अभावमा अन्धविश्वासका कारण अहिले पनि ठूला आपराधिक घटना पनि हुने गरेको भन्दै उनले मानिसलाई आत्मसम्मानका साथ बाँच्न सक्ने गरी शिक्षा र स्वास्थ्य पु¥याउनुपर्ने बताए । गरिब मुलुक भएकाले विदेशमा जाँदा नेपालीले अपमानित हुनुपरेको भन्दै उनले अब नेपाल समृद्ध बन्ने र नेपाली आत्मसम्मानका साथ बाँच्न पाउने बताए ।

दलहरुबीचमा एकता भएका बेला नेपालका सबैखाले उपलब्धि हासिल भएको भन्दै उनले अब देशको समृद्धिका लागि पनि दलबीचमा समझदारी र सहमति आवश्यक रहेको बताए ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक र कर्मचारीको जीविकोपार्जन हुन सक्ने सुविधा राज्यले दिनुपर्ने भन्दै उनले त्यसो भएमा मात्रै उनीहरुको दिमाग र ध्यान संस्थाप्रति समर्पित बनाउन सकिने बताए ।

चितवन ‘मेडिकल सिटी’का रुपमा विकास हुँदै गएको भन्दै उनले रोगहरु पनि यही बढ्दै गएकाले रोगको अनुसन्धान केन्द्र विकास गर्नुपर्ने र त्यस केन्द्रको नेतृत्व भरतपुर अस्पतालले लिनुपर्ने बताए । यसअघि आफू प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा नीतिगत रुपमा नै महत्वपूर्ण काम भएको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले पाँच वर्षभित्र समृद्धि नेपाल हुँदै गर्दा आम नेपालीले शिक्षा र स्वास्थ्यमा समान सुविधा पाउनुपर्ने बताए । उनले भने, ‘कुन परिवार र वर्गमा जन्मियो त्यही आधारमा शिक्षा र स्वास्थ्य हुनु हुँदैन । सबैले समान रुपमा उपभोग गर्न पाउनु पर्छ ।’

उनले सुखी र समृद्ध नेपाल बनाउने सरकारको परिकल्पना पूरा हुँदै गर्दा आम नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए । पूर्वाधार विकासको लक्ष्य नभएर माध्यम भएको बताउँदै नेपाली काँग्रेसका नेता थापाले आम नेपालीले सुखी र समान अवसर पाएका बेला मात्रै देश समृद्ध हुने बताए ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, भरतपुर अस्पतालका पूर्वअध्यक्ष बद्री तिमिल्सिनालगायतले अस्पतालले पछिल्लो समय गरेका कामको प्रशंसा गरेका थिए ।

सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीले अस्पतालले गरेका कामको बारेमा जानकारी गराउँदै देखिएका चुनौती समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

सो अवसरमा अध्यक्ष दाहालले सिटी स्क्यान, हेमोडाइलासिस सेन्टर, अक्सिन उत्पादन गृह र बहिरंग सेवा भवनको उद्घाटन गरेका थिए ।

वि.सं. २०१३ सालमा १५ शय्याबाट शुरु गरिएको अस्पतालमा हाल ६०० शय्या रहेका छन् । दैनिक एक हजार ५०० हाराहारी बिरामीले अस्पतालबाट बहिरंग सेवा लिँदै आएका छन् । अस्पतालमा चितवनसहित छिमेकी २२ जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस