भ्रष्टाचारीलाई छोडिन्न–मन्त्री तामाङ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भ्रष्टाचारीलाई छोडिन्न–मन्त्री तामाङ


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले भ्रष्टाचारीलाई नछोड्ने बताएका छन् ।

मुलुकको सम्बृद्धिका बाधक बनेका भ्रष्टाचारीहरु जुनसुकै क्षेत्रमा भएपनि नछोडिने बताउँदै मन्त्री तामाङले भने–‘सरकार, प्रशासन र न्यायालय जहाँसुकै होस्, भ्रष्टाचारीहरुलाई कानुनी कठघरामा ल्याएरै छोडिने छ ।’

सिन्धुपाल्चोक तामाङ बौद्ध समाज तथा यमुना डाँडा युवाक्लवद्धारा मन्त्री तामाङको सम्मानमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा वताउनु भएको हो ।

शिक्षामा पछाडि परेकै कारण देशको प्रशासनिकतहमा तामाङ समूदायको प्रतिनिधित्व न्यून रहेको बताउँदै मन्त्री तामाङले तामाङ समुदाय आफैले पनि पढाइ लेखाइमा ध्यान दिनुपर्ने बताएका छन् ।

मन्त्री तामाङले अरुले नहेप्ने वातावरण आफैले बनाउनु पर्ने र त्यसकालागि अहिले दुःख गरेरै भएपनि छोराछोरीको पढाउनु पर्नेमा जोड दिए ।

वर्तमान मन्त्रिपरिषद्मा आफ्नो उपस्थितिलाई उदाहरणकारुपमा प्रस्तुत गर्दै भने– ‘अवसर पाएको अवस्थामा तामाङ समुदायले पनि देश हाँक्न सक्छ ।’ उनले जनताको शिर उचो हुने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

सो अवसरमा सिन्धुपाल्चोक जिल्ला वडा नं. ५ निवासी मृगौला पिडीत लवाङ तामाङलाई आर्थिक सहयोग गरिएको छ । सिन्धुपाल्चोक तामाङ बौद्ध समाजद्धारा संकलित छयाहत्तर हजार चालिस रुपैयाँको चेक पिडीत तामाङलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस