प्रेस काउन्सिल ऐन संशोधन हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रेस काउन्सिल ऐन संशोधन हुँदै


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


ललितपुर । प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ ।

‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आज यहाँ आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताए।

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताए। उनले भने, “दुवैको उद्देश्य सत्यको खोजी नै हो ।” लोकतन्त्रमा जनताको नजिक रहने र जनताले विश्वास गर्ने क्षेत्र पत्रकारिता नै भएकामा उनको जोड छ । सञ्चार माध्यमको दायरा मात्रै फराकिलो भएको भन्दा पनि पत्रकारको जिम्मेवारी अझै बढेको उनले औल्याए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले राससकोे समाचार स्रोत उल्लेख नगरी प्रयोग गर्ने काम रोक्नुपर्नेमा जोड दिए । कुनै पनि व्यक्तिलाई आरोप लगाएर समाचार लेख्दा एकतर्फी हुन नहुनेमा उनको जोड छ ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पत्रकार आफैँ जागरुक भए नियममा बाँध्नका लागि कानून नचाहिने विचार राखे ।

काउन्सिलका कावा अध्यक्ष श्रेष्ठले विसं २०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताए । उनले भने, “सबैभन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन ।” मिडियासम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उहाँले बताए।

प्रतिक्रिया दिनुहोस