‘कर्णाली कालीगढविनाको सुनको डल्लो’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘कर्णाली कालीगढविनाको सुनको डल्लो’


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


कालीकोट । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताएका छन् ।

रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुगेका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताए ।

कर्णालीको विकासका लागि आफूहरुले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उनले भने, “कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचालझरना, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस