थाङ्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थाङ्ने


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


थाङ्नामा जन्मे थाङ्नामा हुर्केँ थाङ्नामैँ बढेको
थाङ्नै हो मेरो डेस्क वा बेन्च थाङ्नैमा पढेको
थाङ्नैमा खेली रमायौँ हामी थाङ्नो नै लगायौँ
थाङ्नोमै हाँस्यौँ, आँसुका धारा थाङ्नोमै बगायौँ

बाबा र आमा छन् वृद्ध मेरा थाङ्नैमा लडेका
लाला र बाला टाला र टुली खेलेर बढेका
महिना मेरो कट्दैन कठै १ महिनावारीले
त्यै लुगाभत्ता पर्खिन्छ मेरी आमाको सारीले

जागिरे भएँ भनेर व्यर्थ गौरव गरियो
हिमाल चढी पहाड हुँदै तराइ झरियो
बर्गत मेरो जे–जति थियो सेवामा लगाएँ
थाङ्ना हुन् मेरा दुःखका साथी थाङ्नैमा रमाएँ

यो मेरो थाङ्ने जीवनको पीडा देखेर बोल्यौ कि
मन्त्री हुँ भनी कुर्सीमा चढी हेपेर बोल्यौ कि
यी सबै थाङ्ना सल्किए भने मसाल बन्नेछ
‘थाङ्नाको शक्ति ठूलो छ’ सारा लोकले भन्नेछ

निजामती कर्मचारी

प्रतिक्रिया दिनुहोस