यात्रुको दुव्र्यवहारले आकस्मिक अवतरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यात्रुको दुव्र्यवहारले आकस्मिक अवतरण


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


काठमाडौं । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो।

चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्र्यो ? सबैको अनुमान– प्राविधिक समस्या भएर होला। तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुब्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस