स्वास्थ्यकर्मी नै कडा टीबीको जोखिममा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्यकर्मी नै कडा टीबीको जोखिममा


प्रशासन विशेष ब्युरो

१६ चैत्र २०७४, शुक्रबार


काठमाडौँ । मुलुकमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) ले हालसम्म उपचारमा संलग्न २१ स्वास्थ्यकर्मीकै मृत्यु भएको छ ।

सात वर्षयता बिरामीको उपचार र प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको एमडीआर टीबी सरेर मृत्यु भएको हो । ‘हालसम्म एमडीआर टीबीले २१ स्वास्थ्यकर्मीको मृत्यु भएको छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका कन्सल्टेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले भने, ‘बिरामीको सम्पर्कमा रहँदा उनीहरूलाई रोग सरेको हो ।’

यो रोगको जोखिममा स्वास्थ्यकर्मी मात्र होइन, सार्वजनिक सवारीसाधन प्रयोग गर्ने सर्वसाधारणसमेत रहेको चिकित्सकले औंल्याएका छन् । रोगप्रतिरोधक क्षमता उच्च रहेकामा सामान्य क्षयरोग सर्दैन तर एमडीआररएक्सडीआर टीबी सर्न सक्छ । सामान्य क्षयरोगको उपयुक्त उपचार नगरे वा बीचमै औषधि उपचार छाडे एमडीआर टीबी हुन सक्छ।

क्षयरोगमा प्रयोग हुने मुख्य ४ औषधि रिफाम्पिसिन, आइसोनियाजिड, पाइराजिनामाइड र इथामवुटोल हुन् । यीमध्ये सबैभन्दा शक्तिशाली रिफाम्पिसिन र आइसोनियाजिड मानिन्छ । यी दुई औषधिले पनि काम गर्न छाडे एमडीआर टीबी भएको मानिन्छ । एमडीआर÷एक्सडीआर टीबी भएकाबाट सद्दे व्यक्तिमा रोग सर्दासमेत एमडीआररएक्सडीआर टीबी नै हुन्छ ।

एमडीआर र एक्सडीआर टीबीको उपचारका लागि मुलुकभर १८ केन्द्र र ८१ उपकेन्द्र छन् । राजधानीमा सानोठिमी र कालीमाटीमा दुई केन्द्र छन् । उपचारका लागि केन्द्रमा बिरामी आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्ने भए पनि त्यसरी कतिलाई एमडीआर टीबी सर्‍यो वा मृत्यु भयो भन्ने कुनै अध्ययन भएको छैन ।

‘राजधानीमा पनि ठिमी र कालीमाटीमा भएको उपचार केन्द्र पुग्न सार्वजनिक सवारीसाधनमा एमडीआर÷एक्सडीआर टीबीका बिरामी ओहोरदोहोर गर्छन्,’ राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीका वरिष्ठ छाती तथा क्षयरोग विशेषज्ञ डा। मोहनकुमार प्रसार्इं भन्छन्, ‘बिरामीहरू सार्वजनिक सवारीसाधन चढेर उपचार केन्द्रमा आउजाउ गर्दा अन्यलाई सर्ने उच्च जोखिम छ ।’

चिकित्सकका अनुसार सुरक्षाका उपाय नअपनाउँदा र कमसल मास्क प्रयोगका कारण स्वास्थ्यकर्मीमा यो रोग सर्ने जोखिम बढी हुन्छ । डा। प्रसार्इं भन्छन्, ‘एमडीआर टीबीको उपचार गर्ने क्रममा यो रोग लागेका ८ स्वास्थ्यकर्मीको मृत्यु भएको मैले नै देखेको छु ।’ एमडीआररएक्सडीआर टीबीका बिरामीलाई औषधि खुवाउन सुरु गरे पनि खकारमा कीटाणु देखिएसम्म उनीहरूबाट अन्य व्यक्तिमा सर्न सक्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस