यी हुन सरकारले आज गरेका महत्वपूर्ण निर्णयहरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी हुन सरकारले आज गरेका महत्वपूर्ण निर्णयहरु


१२ चैत्र २०७४, सोमबार


काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठक विभिन्न महत्वपूर्ण नियर्ण गर्दै सम्पन्न भएको छ ।

मन्त्रिपरिषद बैठकले घर बहाल दोहोरो कर नलाग्ने अर्थ मन्त्रालयको प्रस्ताव पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले बताए । बास्कोटाका अनुसार, रानी जमरा कुलरिया परियोजना सञ्चालन गर्न क्षतिपूर्तिसम्बन्धी व्यवस्था गर्ने, चुनावका बेलामा बम विस्फोटमा घाइते भएका नागरिकलाई स्थानीय प्रशासनको मुचुल्का र अस्पतालको बिलका आधारमा आर्थिक सहयोग गर्ने, कतिपय स्थानमा बलात्कारका घटनाहरु भएका र ती घटनाका पीडितलाई स्थानीय प्रशासनको मुचुल्काका आधारमा अस्पतालको बिलअनुसार आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुखलाई कुटनीतिक राहदानी उपलब्ध गराउने तथा गाउँपालिकाका अध्यक्षलाई विशेष राहदानी उपलब्ध गराउने निर्णय भएको बताउँदै बास्कोटाले १३ जना महासेनानीको २ वर्षका लागि म्याद थप, राज्यमन्त्रीको सुविधासहित बाराका अच्युत मैनालीलाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र विशिष्ट श्रेणीको सेवा सुविधानसहित प्राध्यापक कुन्दन अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसैगरी १५ गते अपरान्ह ४ बजे राष्ट्रपतिले संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ बास्कोटाले भने ।

प्रतिक्रिया दिनुहोस