दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७४, शनिबार


मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले नयाँ विषय समावेश गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार उर्लाबारी बहुमुखी क्याम्पसको १८औँ क्याम्पससभा तथा ३०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सामुदायिक क्याम्पसले भौतिक पूर्वाधार तथा शैक्षिक र आर्थिक सुधार गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

हाल प्रदेश सरकार कानून निर्माण गर्ने चरणमा रहेको बताउदै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर अघि बढ्ने बताए । प्रदेश नं १ पर्यटन, कृषि, धार्मिक, व्यापारलगायत सबै क्षेत्रमा अब्बल रहेको बताउँदै मुख्यमन्त्री राईले अब योजनाबद्ध रुपमा नयाँ पूर्वाधार खडा गरेर नमूना प्रदेश बनाउने उद्घोष गरे ।

मुख्यमन्त्री राईले जनताले चाहेको समृद्धिको चाहना अब पूरा गर्नुको विकल्प नरहेको बताउँदै तीनवटै तहका सरकारबीच सहकार्य गरेर समृद्धि र विकासको बाटोमा अघि बढ्नुपर्छ भने ।

प्रतिक्रिया दिनुहोस