गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७४, शनिबार


नियतिले निर्मम ठेस दिएर गयो,
सारा सेताम्य परिवेश दिएर गयो ।

विधिले विधवा क्लेश दिएर गयो,
अँध्यारो अनेश मनेश दिएर गयो।

बैशको घाम खोला वारिनै थियो,
चिनारी अपूर्ण भेष दिएर गयो ।

पाप भने कसैले श्राप सम्म भने,
नासो टुहुरो ‘अमरेश’ दिएर गयो ।

शोक पिएकि छु आक्षेप खाएकि छु,
सिमसार समाज अडेस दिएर गयो ।

जन्जालका जबर्जस्त घेरा भित्र परे,
आँसु रोदन अनि हरेस दिएर गयो ।

दिउसै अँध्यारो छ चुहिने कटेरो छ,
र कुच्चो करेठो अबशेष दिएर गयो ।

बाध्यताको भारि पिठ्युँमा बोकी,
उकालो चढ्ने सन्देश दिएर गयो ।

प्रतिक्रिया दिनुहोस