व्यापारी बनि लाखौं ठगी गर्ने दुई जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

व्यापारी बनि लाखौं ठगी गर्ने दुई जना पक्राउ


६ चैत्र २०७४, मंगलबार


काठमाडौं । व्यापारी बनि लाखौं ठगी गर्ने दुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा नेपालगञ्ज घर भइ काठमाडौं बस्दै आएका ३२ वर्षीय अनुपराज अर्याल र सोही ठाउँका ३४ वर्षीय सज्जन अर्याल छन् ।

प्रकाश ज्ञवाली, नबराज रिजाल, बिनिता श्रेष्ठले आफुहरुसँग कस्टमेटिक सामान मगाई नागार्जुन नगरपालिका– ४ स्थित गोदाममा राख्न लगाई ठगि गरेको भनि जाहेर गरेको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले न्यू देबिका ट्रेड कर्न्सन सञ्चालन गरी व्यापार गर्दै आएको बताउँदै विभिन्न व्यक्तिहरुलाई फोन गरेर झुक्यायर १४ लाख ८० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगीएको उजुरीका आधारमा अनुसन्धान गर्दा दरवारमार्ग ईलाकामा लुकिछिपी हिडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ठगी गरेको सामान उनीहरुको कोठामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस