२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेद विभागको प्रस्तावस् विशेषज्ञसहितको अस्पताल सातै प्रदेशमा

अ+ अ-

काठमाडौँ । आयुर्वेद विभागले सातै प्रदेशमा विशेषज्ञसहितको अस्पताल खोल्ने अवधारणा अघि सारेको छ । विभागले यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्तुत गरिसकेको छ ।

उक्त अवधारणाबारे मन्त्रालयमा छलफल भइरहेको विभागले जनाएको छ । ‘अहिलेको संरचनालाई सञ्चालन गर्न नै बढी ध्यान दिएका छौं,’ विभागका वरिष्ठ आयुर्वेद चिकित्सक एवं सूचना अधिकारी डा.मुनकर्ण थापाले भने, ‘प्रदेशमा विशेषज्ञस्तरको अस्पताल खोल्नेबारे नीतिगत रूपमा छलफल भएको छ, निर्णय भइसकेको छैन ।’

प्रदेशस्तरीय अस्पताल सञ्चालनमा आए जिल्लाले उपचार गर्न नसकेका बिरामीलाई प्रदेशमा पठाइने छ । त्यस्तै गत वर्षको मन्त्रीस्तरीय निर्णयअनुसार बूढानीलकण्ठमा केन्द्रीयस्तरको राष्ट्रिय पञ्चकर्म तथा योग केन्द्र स्थापनार्थ भवन निर्माणको काम पनि भइरहेको छ । विभागको नाममा रहेको १३ रोपनी जग्गामा प्रशासनिक भवन निर्माण सुरु भएको हो । ‘यो एउटा केन्द्र हो, यसले योगसँग सम्बन्धित काम गर्ने छ,’ थापाले भने ।

सबै स्थानीय तहमा पनि आयुर्वेद स्वास्थ्य केन्द्र पुर्‍याउने योजना छ । ‘जहाँ जहाँ आयुर्वेद स्वास्थ्य केन्द्र र अञ्चल आयुर्वेद औषधालय छन्,’ थापाले भने, ‘ती सबै यथावत् रहने छन् ।’ उनका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये ३ सय १७ वटा तहमा मात्र अहिले आयुर्वेद सेवा उपलब्ध छ । जुनरजुन गाउँपालिका र नगरपालिकामा छैनन् तिनलाई स्वास्थ्य संस्था स्थापना र सञ्चालनको अधिकार हुने थापाले बताए ।

‘स्थानीय तहमा सामाजिक विकास समितिअन्तर्गत स्वास्थ्यको इकाई बस्छ, त्यो इकाईले फोकलका रूपमा सबैतिर काम गर्छ,’ उनले भने, ‘जुन ठाउँमा वडाअन्तर्गत हाम्रा संस्था छन्, तिनलाई नगरपालिका र गाउँपालिकाले सञ्चालन गर्न सक्छन् । जहाँ छैनन्, त्यहाँ स्थापना गरिने छ ।’

सबै गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने उद्देश्य रहेको डा. थापाले बताए । नयाँ आयुर्वेद संस्था खुल्दा जनशक्तिको समस्या नभएको पनि उनले दाबी गरे । ‘संस्थालाई धान्ने जनशक्ति नेपालमा उत्पादित छ,’ थापाले भने, ‘आयुर्वेद सेवाको विस्तार हुनुपर्‍यो, विस्तार हुँदै जाने क्रममा पछि उत्पादन हुने जनशक्तिले धान्नेछन् ।’

सेवा विस्तार भए उत्पादित जनशक्ति खपतमा समस्या नरहेको र सरकारको प्रतिबद्धता हुनुपर्ने उनले बताए । हाल ६१ जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र र १४ अञ्चलमा अञ्चल आयुर्वेद औषधालय सञ्चालनमा छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले औषधिको व्यवस्था गर्ने र बिरामीलाई चिकित्सा सेवा प्रदान गर्छन् ।

विभागका कविराज निरीक्षक देवराज लामिछानेका अनुसार कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले प्रत्येक प्रदेशमा शाखा विस्तारको तयारी सुरु गरेको छ । चीन सरकारको सहयोगमा १ र २ प्रदेशमा शाखा विस्तारका लागि प्रक्रिया अगाडि बढिसकेको छ । ‘यो केन्द्रले आयुर्वेदसम्बन्धी अनुसन्धान गर्ने हो,’ उनले भने, ‘यसको शाखा विस्तारको क्रम सुरु भएको हो ।’

अहिले आयुर्वेद औषधि बनाउन प्रयोग हुने जडिबुटी खेर गइरहेका छन् । भारततिर पठाइने त्यस्ता जडिबुटी पछि आवश्यक पर्दा नेपालतिर निकासी हुने गरेको छ । ‘त्यही भएर जडिबुटीको सदुपयोग, संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ,’ थापाले भने । विभागका अनुसार देशभर आयुर्वेदका १ हजार ९ सय २५ जना कर्मचारी छन् । आजको कान्तिपुरदैनिकमा खबर छ ।

0 Comments