सैनिक अधिकारीलाई हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सैनिक अधिकारीलाई हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम


प्रशासन विशेष ब्युरो

४ चैत्र २०७४, आइतबार


काठमाडौं । नेपाली सेनाले दुइ दर्जन बढी महासेनानीहरुलाई हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिम दिँदैछ ।

नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापाले नारायणहिटीस्थित उपत्यका पृतना पृतना हेडक्वाटरमा आयोजित एक विशेष समारोहबीच तालिमको शुभारम्भ गरेका छन् ।

नेपाली सैनिक वार कलेजमा संचालन हुने सि.सं. ५ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिममा २९ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको जनाइएको छ ।

बलाधिकृत रथी थापाले तालिमको शुभारम्भ गर्दै यस प्रकारका तालिमले पेशागत चुस्तताका साथै उच्च सैनिक संस्कार र मान्यताको थप विकासको निमित्त फलदायी हुने बताएका छन् ।

विषम परिस्थितीको मुल्यांकन गरी जटिल अपरेसनमा समेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम बनाउने उद्येश्यले संचालित उक्त तालिमले विशिष्ट भू–राजनीति तथा अन्य तत्वहरुले पार्न सक्ने स्ुरक्षा चुनौतिको महत्वपूर्ण विश्लेषणको लागि उच्च स्तरको परिस्थितीजन्य मुल्यांकन क्षमता र पेशागत चुस्तता ल्याउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस