नेदरल्याण्डसद्वारा नेपाललाई १९० रनको लक्ष्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेदरल्याण्डसद्वारा नेपाललाई १९० रनको लक्ष्य


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


३ चैत, काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्ले अफमा नेदरल्याण्डसले नेपाललाई जितका लागि १ सय ९० रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्डसले दिएको १ सय ९० रनको मध्यम लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ । नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो ।

नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २–२ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस