उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध « प्रशासन
Logo १ आश्विन २०७८, शुक्रबार
   

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध


३ चैत्र २०७४, शनिबार


३ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् ।

उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएपनि निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

प्रतिक्रिया दिनुहोस