समन्वयको जिम्मा सहसचिवलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समन्वयको जिम्मा सहसचिवलाई


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


काठमाडौं । स्थानीय तहको दैनिक कामकाज सम्पादन प्रभावकारी बनाउन केन्द्रबाट समन्वय गरिने भएको छ । स्थानीय तहका काममा सहजीकरण, अनुगमन र मुल्याँकन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवस्तरका कर्मचारीलार्य जिम्मेवारी तोकेको हो । उनीहरुले मन्त्रालयमै बसेर स्थानीयतह नियाल्नेछन् ।

मन्त्रालयका अनुशार सुरुवाती चरणमा स्थानीय सरकारका प्रतिनिधि र कर्मचारीमा देखिएको दुविधा निरुपण गर्न सहसचिवस्तरका कर्मचारीलाइ जिम्मेवारी दिइएको छ । स्थानीय तहका गतिबिधिहरुको समन्वय र अनुगमन गर्ने काम सहसचिवहरुले गर्नुहुनेछ, मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने दैनिक कामकाजसहित खटिएका कर्मचारी कार्यक्षेत्र पुगे÷नपुगेको, सामाजिक सुरक्षाका कार्यक्रम, बजेट कार्यक्रम र ऐन कानूनका कुरामा जनप्रतिनिधि र कर्मचारीसँग सहसचिवहरुले समन्वय गर्नेछन् । । नीतिगत पाटोमा सहसचिवहरुले बढी सहायता गर्ने उनले जानकारी दिए ।

आवश्यक परे स्थानीयतहमै गएर समन्वय र अनुगमनको काम हुने सचिव थपलियाले बताए । मन्त्रालयका अनुशार प्रदेश एकदेखि ७ हेर्नेगरी क्रमशः सहसचिवहरु आनन्दराज ढकाल, हरि पौडेल, सुरेश अधिकारी, रामकृष्ण सापकोटा, पुरुषोतम नेपाल, वेदबहादुर कार्की र रुद्रसिँह तामाङलाई जिम्मेवारी दिइएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस