गोदाममा आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोदाममा आगलागी


२ चैत्र २०७४, शुक्रबार


आगलागी

चितवन । भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आज बिहान आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चन्दना कोइरालाको सो गोदाममा बिहान ९ बजे लागेको आगो दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा ९ः४५ बजे नियन्त्रणमा लिइएको थियो ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा पुराना कपडा रहेका थिए । पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो । मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए ।

करेन्ट लागेर बालकको मृत्यु

त्यसैगरी भरतपुर महानगरपालिका– २१ रतनपुरमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ । घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घाईते भएका हिम तामाङलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस