भागबन्डा मिलाउन तीन मन्त्रालय थप, आजै सरकार विस्तारको तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भागबन्डा मिलाउन तीन मन्त्रालय थप, आजै सरकार विस्तारको तयारी


प्रशासन विशेष ब्युरो

२ चैत्र २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थपेर आजै सरकार विस्तार गर्ने तयारीमा छन् ।

३० मन्त्रालयबाट १७ मन्त्रालय बनाउने निर्णय गरिएको भएपनि संघीय समाजवादी फोरमलाई भाग पुर्याउन पुनः तीनवटा थपेर २० वटा बनाउन लागेको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच विहिबार साँझ भएको मन्त्रालय भागबन्डासम्बन्धी भएको छलफलले शुक्रबार विहान मन्त्रालय थपेर सरकार विस्तार गर्ने निश्कर्षमा पुगेको छ ।

थपिएका मन्त्रालयहरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्र्याएर आपुर्ति मन्त्रालय, भूमी, कृषि सहकारीबाट कृषि तथा सहकारी मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने तयारी रहेको अधिकारीहरुले बताएका छन् ।

चुस्त, दुरुस्त र प्रभावकारी सरकारको अपेक्षा गरिएको केपी शर्मा ओलीको सरकारपनि भाग पुर्याउनकै लागि टुक्र्याउने, जोड्ने खेलमा लिप्त हुन थालेपछि विगतका सरकार भन्दा खासै फरक नहुनेमा शंका उत्पन्न हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस