२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवार नियोजन गर्दा आन्द्रा काटियो

अ+ अ-

धरान/राजविराज: राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका–५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्।

परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा खाँदा बान्ता आउने, पेट फुल्ने समस्या भयो। सिकिस्त बिरामी भएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो। तर, चिकित्सकले परिवार नियोजन गर्दा यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरिदिए। उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो। प्रतिष्ठानमा अनुको भिडियो एक्स-रे गर्दा आन्द्रा काटिएको पत्ता लागेको हो।

राजविराजस्थित अस्पतालमा आन्द्रा काटिएकी अनुकुमारीको प्रतिष्ठानका चिकित्सक प्राडा चन्द्रशेखर अग्रवाल नेतृत्वको टोलीले फागुन २२ गते पुनः शल्यक्रिया गरेका छन्। अनुको पेटको ‘ल्याप्रोटोमी’ गरी प्वाल परेको आन्द्रा बाहिर निकालेर ‘आइलियोस्टोमी’ गरेका कारण उनी हाल खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए।

अनुकुमारी गत फागुन ११ गते सगरमाथा अस्पतालमा परिवार नियोजन गर्न पति मोमेन्द्रका साथ भर्ना भएकी थिइन्। उनको परिवार नियोजनको शल्यक्रिया अस्पतालका डा। ब्रजेशकुमार झाले गरेका थिए।

अनुको उपचारमा संलग्न प्रतिष्ठानका डा. राकेश गुप्ताले अनुको सानो आन्द्रा काटिएको र पेटभरि दिसा बगेर संक्रमण फैलिसकेको अवस्थामा पुनः शल्यक्रिया गरिएको बताए। ‘अनुको आन्द्रा फुटेर पेटभरि संक्रमण फैलिसकेको थियो। बेलैमा शल्यक्रिया गरेकाले बिरामीको ज्यान बचाउन सफल भयौं’, डा. गुप्ताले भने, -‘अरू एक/दुई दिन ढिला भएको भए ज्यान जोखिममा पर्न सक्थ्यो।’

डा. गुप्ताले हाल अनुको पेटमा अर्को प्वाल पारेर आन्द्रा बाहिर निकाली बाहिरबाटै दिसा गराइएको बताए। उनले भने, ‘अबको तीन महिना पेटबाहिरबाटै दिसा गराएपछि अर्को शल्यक्रिया गरेर मात्रै उनको अवस्था सामान्य रहनेछ।’

प्रतिष्ठानको सर्जरी वार्डमा उपचाररत अनुले चिकित्सकको लापरवाहीका कारण आन्द्रा काटिएको बताउँदै भनिन्, ‘म बिरामी भएपछि नाबालक दुई छोरी र एक छोराको लालनपालनमा समेत समस्या भएको छ। मेरो आन्द्रा काटिदिने डाक्टरलाई कडा कारवाही होस्।’

अनुका पति मोमेन्द्र यादवले डाक्टर झाको लापरवाहीका कारण पत्नीको आन्द्रा काटिएको बताउँदै भने, ‘श्रीमतीको उपचारमा दुई लाखभन्दा बढी रकम खर्च भइसकेको छ। घटनाको उचित छानबिन होस्। उपचार खर्च र क्षतिपूर्ति रकम दिलाइ पाऊँ। डाक्टरलाई कडा कारवाही त हुनैपर्छ।’ उनले प्रतिष्ठानबाट अनुको ‘डिस्चार्ज’ पछि डाक्टर झाविरुद्ध किटानी जाहेरी दिने पनि बताए।

अनुको परिवार नियोजनको शल्यक्रिया गर्ने राजविराजस्थित अस्पतालका डा। ब्रजेशकुमार झाले सानो आन्द्राको तीन पाटोमध्ये सबैभन्दा तलको आइलियममा चोट लागेको भए आफ्नो दोष हुने जनाउँदै बिरामीको शल्यक्रिया ठीक ढंगले गरेको दाबी गरे। आन्द्रा र मूत्रथैलीमा चोट लागेको भए तत्कालै थाहा हुने भन्दै डा. झाले त्यस्तो अवस्थामा चिकित्सकले त्यसै नछाड्ने बरु तत्कालै सुधार गरेर मात्र बिरामी पठाउने बताए। पाठेघर तल हुने र सानो आन्द्रा माथि हुने पनि उनले बताए।

कर्णले अनु पहिलेदेखि ग्यास्ट्रिकको बिरामी हुन सक्ने र सोही कारणले आन्द्रामा प्वाल परेको हुन सक्ने सम्भावना व्यक्त गरे। बिरामीको उपचारमा अस्पतालले कहिल्यै पनि लापरवाही नगर्ने दाबी गर्दै डा। कर्णले दुर्घटनावश यस्तो भएमा अस्पताल उपचार खर्चका लागि सकारात्मक रहने गरेको बताए। मिनी ल्याप्रोस्कोपी गराउने बिरामीले अन्य रोगबारे जानकारी नदिए थाहा नपाइने भन्दै उनले डिम्बनली बाँधेर काट्ने काम मात्र हुने भएकाले बिरामीको आरोप झूठो भएको बताए।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। दयाशंकरलाल कर्णले अनुको परिवारनियोजन डा। झाले गरेको तर आन्द्रा काटिएको विषयमा कुनै जानकारी नभएको बताए। बिरामीको उपचारमा चिकित्सकका तर्फबाट कुनै प्रकारको लापरवाही नहुने दाबी गर्दै उनले दुर्घटनावश यस्तो भएमा अस्पतालले अनुको उपचार खर्चका लागि सकारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

फागुनमै तीन घटना

यसअघि पाठेघरको शल्यक्रिया गर्न फागुन १३ गते आएकी राजविराजकी ३५ वर्षीया बबिता साहको पिसाब थैली काटिएपछि पनि उनलाई अस्पतालले रेफर गरेको छ। भूलवशः मूत्रथैली काटिएपछि खर्च बेहोर्ने अस्पतालकै सल्लाहमा धरान रेफर भएकी साहको हालसम्म पनि धरानमै उपचार भइरहेको छ। उनको खर्चका लागि पीडित पक्षको दाबी आएमा अस्पतालले स्वास्थ्य विभागमा पत्राचार गरी क्षतिपूर्ति दिलाउने डा. कर्णले बताए।

चिकित्सकको लापरवाहीले गत फागुन १६ गते राति विष्णुपुर गाउँपालिका १ प्रसाहीकी गर्भवती २५ वर्षीया अनिता यादवको मृत्यु भएपछि मृतकलाई एक लाख क्षतिपूर्ति दिनुका साथै अस्पतालले पाँचबुँदे सहमति गरेको थियो। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

0 Comments