विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि


प्रशासन विशेष ब्युरो

२८ फाल्गुन २०७४, सोमबार


काठमाडौं । यूनाइटेड बांग्लादेश एअरवेजको यात्रुवाहक विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ ।

चालक दलका चार सदस्यसहित ७१ जना बोकेर ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान सोमवार अपराह्ण दुई बजे अवतरणका क्रममा काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ४९ जना व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।

दुर्घटनास्थलबाट ४० जनाको शव निकालिएको र नौ जनाको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस