२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुग्लिन–नारायणगढ सडक वर्षा नलाग्दै सकिने

अ+ अ-

भरतपुर । नारायणगढ–मुग्लिन सडक स्तरोन्नति कार्य असारसम्म सक्ने गरी कामलाई तीव्रता दिइएको छ। पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको आयोजनाले जनाएको छ।

निर्माणलाई तीव्रता दिन रातको समयमा हरेक दिन ६ घण्टाका लागि उक्त सडकमा यातायात आवागमन बन्द गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटो बनाउन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको जानकारी दिए। राति बाटो बन्द गरेर सडक विस्तारका लागि पहाडको चट्टान कटान गर्न सुरु गरिएको छ।

सोह्र किलो, घुमाउने र चेपाङडाँडा गरी तीन ठाउँमा आठ सय मिटर चट्टान कटानको काम सुरु गरिएको छ। पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले राति ६ घण्टा सडक बन्द गरी निर्माण सुचारु गर्ने निर्णय गरेको थियो। करिब ३३ किलोमिटर सडकमध्ये ६९ प्रतिशत काम सम्पन्न भइसकेको छ।

आयोजनाका सूचना अधिकारी खनालले दिउँसो यातायातको चाप बढी हुने भएपछि राति बाटो बन्द गरेर चट्टान कटान गर्न लागिएको बताए। ‘बाटो बन्द नगरी चट्टान कटान गर्न नमिल्ने भयो’, खनालले भने, ‘रातिको समयमा हेर्छौं, यसबाट राम्रो भए निरन्तर हुन्छ, नभए अर्को उपाय लगाउँछौं।’ चैत मसान्तसम्म पहिलो चरणको कालोपत्रे सक्ने उनले बताए। चालु आर्थिक वर्षमा सबै काम सक्ने उनले बताए।

साउन १७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले र तीन साताअघि मात्र मुख्यमन्त्री डोरमणि पौडेलले सडक अनुगमन गरेका थिए। प्रधानमन्त्री देउवाको स्थलगत निरीक्षणयता करिब १६ प्रतिशत काम भएको छ। चाडपर्व र निर्वाचनको कारण कामको प्रगति हुन नसकेको आयोजनाले जनाएको छ।

चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले निजी सवारीलाई १० बजे बन्द गरे पनि मालवाहक साधनलाई एक घण्टाअघि नै रोक्ने बताए। उनका अनुसार रामनगरको भतेरी र मुग्लिनतर्फ लेवाटारमा मालवाहक साधन रोकिनेछ। ‘१० बजे कटेका साधन एक घण्टामै कटान क्षेत्र कट्ने गरी व्यवस्थापन मिलाएका छौं’, उनले भने।

सडक निर्माणको जिम्मा तीनवटा कम्पनीले लिएका छन्। आँपटारीदेखि दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेभीले जिम्मा लिएका हुन्। अहिलेसम्म १४ किलोमिटर कालोपत्रे गरिएको छ।

आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष्यसाथ काम अघि बढाइएको छ। ०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा(नारायणगढ सडकको नाममा निर्माण गरिएको यो सडक साँघुरिए पनि सवारीसाधनको चाप उच्च छ। अहिले दैनिक आठ हजारभन्दा बढी गाडी गुड्ने गरेको छ। ०७१ चैत (सन् २०१५ अप्रिल) बाट नारायणगढ–मुग्लिन सडक स्तरोन्नति काम सुरु भएको हो।

विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजनाको काम थालिएको हो। तोकिएको समयमा काम सम्पन्न नहुँदा पटक–पटक म्याद थपिँदै आएको छ। तेस्रोपटक थपिएको म्यादअनुसार फेब्रुअरी २० सम्म काम सक्नुपर्ने छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments