नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पालाई सम्मान « प्रशासन
Logo २९ श्रावण २०७९, आइतबार
   

नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पालाई सम्मान


२४ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पालाई सम्मान गरिएको छ ।

सेर्पा समुदायको हक हितका लागि पुर्याएको योगदानको कदर गर्दै सेर्पालाई सम्मान गरिएको हो ।

फोकस नेपाल तथा सिर्जनशील महिला संस्थाद्धारा आयोजित समृद्ध नेपाल निर्माणका लागि महिलाहरुको भूमिका विषयक विचार गोष्ठी तथा राष्ट्रिय नारी सम्मान कार्यक्रममा सेर्पालाई सम्मान गरेको हो ।

आदिबासी जनजाती महिला महासंघको अध्यक्ष समेत रही सक्नु भएकी सेर्पाले आदिवासी महिलाहरुको हक हितका साथै सेर्पा समुदायका महिलाहरुको पक्षमा समेत ओकालत गर्दै आएकी छिन् । नेपाल शेर्पा महिला संघको अध्यक्ष समेत रहेकी ङिमी शेर्पा शेर्पा राष्ट्रिय मुक्ति मोर्चाकी अध्यक्ष समेत रहेकी छिन् ।

पर्यटन व्यवसायबाट करियरको शुरुवात गरेकी सेर्पाले थुप्रै हिमाल आरोहण गरी सकेकी छिन् । ट्रेकिङ एजेन्सी संचालक समेत रहेकी सेर्पाले नेपाल पर्यटन बोर्डको पूर्व सदस्य र टानको पहिलो महिला सदस्यको रुपमा रहेर काम गरी सकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस