श्रम कार्यालय ताहाचलबाट ३५ जना बिचौलिया पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रम कार्यालय ताहाचलबाट ३५ जना बिचौलिया पक्राउ


प्रशासन विशेष ब्युरो

२३ फाल्गुन २०७४, बुधबार


काठमाडौं । वैदेशिक रोजगार विभागको काठमाडौंस्थित ताहाचल कार्यालयबाट ३५ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

सेवाग्राहीलाई सिधै कार्यालयमा जानबाट समेत रोकी सेवा लिन नसक्ने परिस्थिति सिर्जना गर्दै १० औं गुणाबढी रकम लिएर ठगीरहेको जनगुनासोपछि काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार छापा मारेर बिचौलियाहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानका लागि सादा पोसाकमा पठाइएका प्रहरीलाई सेवाग्राही ठानी बिचौलियाहरुले तानातान गरी कामको बारेमा सोध्ने तथा बार्गिनिङ गर्ने ५० जना बिचौलियालाई नियन्त्रणमा लिइएकोमा ३५ जनाको दलाली कार्यमा संलग्नता देखिएकोले सार्वजनिक अपराध तथा सजाय ऐन अनुशार प्रक्रिया अगाडि बढाइएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रशासन डटकमसंग बताए ।

प्रतिक्रिया दिनुहोस