२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् उत्पादनगृह छेवैका बस्ती सोलार र टुकीको भरमा

अ+ अ-

काठमाडौं । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । तर, उत्पादनगृहछेवैका बासिन्दा भने सोलार र टुकीको भरमा छन् । ६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युत्को आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत् पाएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरण र लमजुङ विद्युत् उपभोक्ता संस्थाले विद्युत् विस्तारमा चासो नदेखाएकाले सेवाबाट वञ्चित भएको स्थानीयको गुनासो छ । वर्षौँदेखि विद्युत्का लागि संघर्ष गरे पनि सुनुवाइ नभएपछि स्थानीय निराश भएका छन् । विभिन्न ठाउँबाट बसाइँ सरेर आएकाहरू यस्तो सेवाबाट वञ्चित भएका हुन् । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले ०६५ बाट विद्युत् उत्पादन सुरु गरेको थियो । सुन्दरबजार नगरपालिका ८ डुँडकुलोनजिकैको मोहोरियाटोलका धेरै परिवारले यस्तो समस्या भोगिरहेका छन् ।

बिजुली आउला र बत्ती बालौँला भनेर उनीहरूले घरमा वायरिङसमेत गरेर स्विचबोर्ड, बत्ती र पंखाको होल्डरसमेत जोडेर बसेको धेरै वर्ष भइसक्यो । तर, बत्ती बाल्ने उनीहरूको सपना अहिलेसम्म पूरा भएको छैन । वर्षौँदेखि आफूहरू उदिपुरस्थित नेपाल विद्युत् प्राधिकरण, बेँसीसहरस्थित प्राधिकरणको कार्यालय र रानीकुवास्थित लमजुङ विद्युत् उपभोक्ता संस्थामा धाउँदा आफूहरू थाकिसकेको ८९ वर्षीय वृद्धा पदम गिरीले बताए । ‘विद्युत्का कर्मचारी आज आउलान्, भोलि आउलान् भन्ने आसमा बस्दाबस्दै आजसम्म आएनन्,’ गिरीले भने, ‘अब त घरमा बत्ती बलेकोसम्म देख्न नपाई मरिन्छ कि जस्तो लाग्न थालिसक्यो ।’ बलिथुम गाउँबाट बेँसीमा बसाइँ सरेर आएका गिरीले मिटरबक्सको ठाउँसारीका लागि निवेदन, आवश्यक शुल्क र अन्य कागजात विद्युत् उपभोक्ता संस्थामा बुझाएको पनि तीन वर्ष पुग्न लागिसकेको बताए । बिजुली बाल्न नपाए पनि झन्डै एक वर्षजति मासिक ८० रुपैयाँ र त्यसपछि मासिक ३० रुपैयाँ न्यूनतम शुल्क बुझाउँदै आएको गिरीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments