२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो रह्यो पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण

अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन् । अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् । सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न छुटाएनन् । उनले पाकिस्तान आतंकवादसँग जुधिरहेको दलिल पेस गरिरहे ।

सोमबार उनले प्रधानमन्त्री केपी ओली र सार्क महासचिव सियालसँग भेटघाट गरे । ‘प्रधानमन्त्री अब्बासीले सोमबार र मंगलबार शीर्षस्थ नेतृत्वसँग भेटवार्ताका क्रममा दुईपक्षीय मामिलाबारे मात्र होइन, चीनसँग पाकिस्तानको आर्थिक साझेदारी, सार्कबारे पनि छलफल गरेका छन्,’ पाकिस्तानको समाचार एजेन्सी एपिपी न्युजले मंगलबार समाचारमा उल्लेख गरेको छ । अब्बासीले सबैसँगको भेटमा चीनको सहुलियत ऋणमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)ले यो क्षेत्रकै कायापलट गर्ने दाबी प्रस्तुत गरेका छन् । तर, सिपेकको अनुभव नेपाललाई काम नलाग्ने नेपाली अधिकारीको भनाइ छ ।

सोमबार दुई प्रधानमन्त्रीबीचको वार्तामा सिपेक, चीनले घोषणा गरेको वान बेल्ट वान रोड परियोजनाबारे छलफल भएको छ । नेपालले गत वर्ष ओबिओआरमा सहभागी हुने निर्णय गरेको छ । अब्बासीले सिपेक ओबिओआरको सदृश्य र उल्लेखनीय परियोजना भएको तथा यसले सडकमार्ग, ग्वादर एयरपोर्ट, इकोनोमिक फ्रिजोन, ऊर्जा उत्पादन परियोजनामा जोड दिएको ओलीसँग बताएका थिए ।

अब्बासीले सिपेकका सम्बन्धमा आफ्नो अनुभव र ज्ञान नेपाललाई सेयर गर्न पाकिस्तान सदा तत्पर रहेको पनि उल्लेख गरेका थिए । उनले तुर्कमेनिस्तान–अफगानिस्तान–पाकिस्तान–भारत ग्यास पाइपलाइन परियोजनाबारे पनि प्रधानमन्त्री ओलीलाई बताएका थिए ।

उनले पाकिस्तान–नेपाल व्यापार परिषद्लाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पाकिस्तानका विभिन्न क्षेत्रमा लगानीका लागि उनले नेपाली लगानीकर्तालाई आह्वान पनि गरे । पाकिस्तान सन् २०१६ नोभेम्बरमा सार्क सम्मेलन गर्न तयारी अवस्थामा रहेको उल्लेख गरे । प्राथमिकताका आधारमा सम्मेलन चाँडै गर्नुपर्नेमा उनको जोड थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments