प्रचण्ड र केपी ओलीको घरमा पक्राउ पुर्जी टास्ने विप्लव पार्टीको चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड र केपी ओलीको घरमा पक्राउ पुर्जी टास्ने विप्लव पार्टीको चेतावनी


प्रशासन विशेष ब्युरो

१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविप्लब चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी सार्वजनिक भएलगत्तै आज विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो।

पार्टीका प्रवक्ता प्रकाण्डद्धारा हस्ताक्षरित गरेको विज्ञप्तिमा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिइएको छ। ‘

सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ’, विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौं जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताविरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ।’

भोजपुर जिल्ला अदालतले पुस ९ गते गिरफ्तार गर्न दिएको आदेश अनुसार प्रहरीले पार्टी महासचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति विज्ञप्तिमा कडा शब्दमा निन्दा गरिएको छ।

हेर्नुहोस् विज्ञप्ती

प्रतिक्रिया दिनुहोस