प्रदेश नं ७ मन्त्रिपरिषदको दोश्रो बैठक सम्पन्न, मन्त्रिपरिषद सदस्यका लागि आचार संहिता बनाईयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश नं ७ मन्त्रिपरिषदको दोश्रो बैठक सम्पन्न, मन्त्रिपरिषद सदस्यका लागि आचार संहिता बनाईयो


प्रशासन विशेष ब्युरो

१६ फाल्गुन २०७४, बुधबार


धनगढी । प्रदेश नं ७ मन्त्रिपरिषदको बुधवार बसेको दोश्रो बैठकले मन्त्रिपरिषदका सदस्यहरुका लागि आचारसंहिता बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद कार्यालयका सचिव प्रदिपराज कडेलका अनुसार आचारसंहितामा मन्त्रिपरिषदका सदस्यहरुको नैतिकता, आचारण, नजिकका आफ्न्तहरु संगको दुरी, मन्त्रिपरिषदका सदस्य, मन्त्रालयका कर्मचारीहरुको ब्यावसायीकता अभिबृद्धी लगायतका कुराहरु रहेका छन् ।

त्यसैगरी मन्त्रिपरिषदभित्र मिनि क्याविनेटको रुपमा रहने गरी ३ वटा समिति समेत गठन गरेको छ । गठन गरिएको सामाजिक र पूर्वाधार समितिको संयोजकमा आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, राजनितिक समिति संयोजकमा सामाजिक विकास मन्त्री दिर्घ सोडारी र प्रशासन तथा बिधायक समितिको संयोजकमा भौतिक विकास मन्त्री पठान सिंह बोहरा रहेको प्रदेश सरकारका प्रवक्ता प्रकाश बहादुर शाहले बताए ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका बिषयगत कार्यालयले योजना बनाएर काम गर्ने, प्रदेशका मन्त्रालयका भवन अनुगमन, प्रदेश सरकारका कर्मचारीहरु संगको समन्वय, फोहर ब्यबस्थापन, सवारी साधनको ब्यबस्थापन र स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने निर्णय समेत गरेको प्रदेश नं ७ सरकारका प्रवक्ता शाहले बताए ।

प्रतिक्रिया दिनुहोस