प्रहरीले कसैलाई अनावश्यक झन्झट नदिने एसएसपी पोखरेलको दावी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरीले कसैलाई अनावश्यक झन्झट नदिने एसएसपी पोखरेलको दावी


प्रशासन विशेष ब्युरो

१५ फाल्गुन २०७४, मंगलबार


डीआईजी

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख (एसएसपी) विश्वराज पोखरेलले प्रहरीले कसैलाई अनावश्यक झन्झट नदिने दाबी गरेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रद्धारा बसन्तपुरमा आयोजित नागरिक सुनुवाई कार्यक्रमलाई सम्वोधन गर्दै एसएसपी पोखरेलले सो कुरा बताएका हुन् ।

नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुबाट प्रहरी सेवाप्रति गरेको गुनासो सम्बोधन गर्दै एसएसपी पोखरेलले प्रहरीले कसैलाई अनावश्यक झन्झट नदिने दाबी गरेका हुन्।

एकआध ब्यक्ति विशेषमा देखिने खराब आचरणका व्यक्तिहरु र र बर्दी सँगसँगै अघि बढ्न नसक्ने उल्लेख गर्दै एसएसपी पोखरेलले भने,–
राज्यले नागरिकको सुरक्षाका लागि बर्दी, हतियार र कानुनी अधिकार दिएको अवस्थामा प्रहरी नागरिकप्रति जिम्मेवार हुनैपर्छ ।

दुई साता अघिमात्र काठमाडौं प्रहरीको कमाण्ड सम्हालेका पोखरेलले नागरिकप्रति निष्पक्ष ब्यवहार गर्न नसकेको र लाभ लिएको पाएमा प्रहरी सेवामा नै नबस्ने समेत घोषणा समेत गरेका छन् ।

एसएसपी पोखरेलले आफु रहुन्जेल मातहतका प्रहरीलाई लोभ–लालचमा फस्न नदिने बताउँदै प्रभाव, दबाब र लोभलालचमा नफसिकन काम गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस