शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन


१५ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको छ । प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र आर्थिक चलखेलमा मन्त्री छनोट गरिएको भन्दै राजीनामा दिएका शाहीलाई भविश्यमा उचित स्थान दिने भन्दै राजीनामा फिर्ता लिन निर्देशन दिएको हो ।

शाहीको राजीनामा बारे पार्टी स्थायी कमिटीमा छलफल भएको र केही कमी–कमजोरी भएको ठहर नेतृत्वले गरेको प्रदेश संयोजक युवराज ज्ञवालीले पत्रमार्फत जनाएका छन् । उनले शाहीलाई पत्र लेखी राजीनामा र्फिता लिन र पूर्ववत जिम्मेवारीहरुमा फर्किन निर्देशन दिएका हुन् ।

शाही कर्णाली प्रदेशको सभामुखका दाबेदार थिए भने उनी कर्णालीका एमाले नेताहरुमध्ये सिनियर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस