रेशम चौधरीलाई थुनामा राख्न जिल्ला अदालतको आदेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेशम चौधरीलाई थुनामा राख्न जिल्ला अदालतको आदेश


प्रशासन विशेष ब्युरो

१४ फाल्गुन २०७४, सोमबार


काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश पर्शुराम भट्टराईको इजलासले चौधरीलाई कारागार पठाउन आदेश दिएको हो ।

टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरे लगतै उनको बयान लिइएको थियो ।

न्यायाधीश भट्टराईको इजलासले आदेशमा भनेको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फैजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’

चौधरीले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस