मिल्यो भागबण्डाको कुरा: एमालेलाई १० र माओवादीको भागमा ७ मन्त्रालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मिल्यो भागबण्डाको कुरा: एमालेलाई १० र माओवादीको भागमा ७ मन्त्रालय


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७४, बिहिबार


काठमाडौं । एमाले र माओवादीकाबीच मन्त्रालय भागवण्डाको कुरा मिलेको छ ।

बिहीबार बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागवण्डा टुंग्याएका हुन् ।

एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन, पर्यटन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राखेको छ भने माओबादीको भागमा गृह, उद्योग–वाणिज्य तथा आपूर्ति, जलस्रोत तथा ऊर्जा, वन तथा वातावरण, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ,
श्रम तथा रोजगार तथा महिला बालवालिका र कृषि, सहकारी तथा भूमि व्यवस्थापनमन्त्रालय परेका छन् ।

प्रतिक्रिया दिनुहोस