ऐतिहासिक महत्वका किल्ला र गढीहरुको जिम्मा सेनालाई प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ऐतिहासिक महत्वका किल्ला र गढीहरुको जिम्मा सेनालाई प्रधानमन्त्री ओली


प्रशासन विशेष ब्युरो

९ फाल्गुन २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण तथा पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताएका छन् ।

‘युद्धसँग जोडिएका किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता र दुःखकष्टसँग सेना जोडिएको हुन्छ’ प्रधानमन्त्री ओलीले भने–‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ ।’

दहचोकमै रहेको नेपाल एकीकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यार्पण गरेपछि महोत्सवको उद्घाटन गर्न पुगेका ओलीले नेपाल एकिकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमासमेत विकास गर्नुपर्ने बताए ।

सरकार गठन दुई दिन भित्र

दुईदिन भित्रमा सरकार बिस्तार भइसक्ने बताएका छन् ।

काठमाडौंको दहचोकमा पर्यटन उत्सवलाई उद्घाटन गर्दै उनले दुईदिन भित्रमा सरकार बिस्तार हुने बताएका हुन् ।

“भोलि र पर्सीमा सरकार विस्तार हुन्छ,” प्रधानमन्त्री ओलीले भने ।

हरेक पाइला विकासको बाटोमा

यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताएका छन् ।

“मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ,” प्रधानमन्त्री ओलीले भने, “अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ ।”

प्रतिक्रिया दिनुहोस