घुस लिएको अभियोगमा शाखा अधिकृत पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुस लिएको अभियोगमा शाखा अधिकृत पक्राउ


प्रशासन विशेष ब्युरो

७ फाल्गुन २०७४, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो । एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ ।

प्रतिक्रिया दिनुहोस