भूकम्पछि वर्ल्डभिजनको रु ४१ करोड खर्च « प्रशासन
prasaLogo
७ फाल्गुन २०७४, सोमबार

भूकम्पछि वर्ल्डभिजनको रु ४१ करोड खर्च


प्रकाशित मिति : 19 February, 2018 8:23 pm

त्रिशूली । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्डभिजन इन्टरनेशनलले भूकम्प प्रतिकार्यका लागि जिल्ल्लामा रु ४० करोड ९४ लाख १४ हजार खर्च गरेको छ ।

विसं २०७२ वैशाखको भूकम्पपछि भूकम्प प्रतिकार्यका लागि आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था वर्ल्डभिजनले जिल्लामा स्वास्थ्य, जीविकोपार्जन, सरसफाइ, खानेपानी, बालसंरक्षण तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको वर्ल्डभिजनका जिल्ला प्रबन्धन मानवीर विश्वकर्माले जानकारी दिए।

जिल्लामा सामुदायिक तथा व्यवासायिक विकास प्रबर्धन समाज र गेर्खुटार युवा क्लबको साझेदारीमा विदुर नगरपालिका तथा सूर्यगढी र तादी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो ।

नुवाकोटमा परियोजनाले २० खानेपानी आयोजनाको निर्माण तथा पुनर्निर्माण, तीन विद्यालय भवन निर्माण तथा पुनर्निर्माण, दुई हजार ४७ शौचालय निर्माण, छ किशारकिशोरी युवा र बालमैत्री स्थानको निर्माणलगायत काम गरेको प्रबन्धक विश्वकर्माले जानकारी दिए। परियोजनाबाट जिल्लामा हजारौं लाभान्वित भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस