करोडौँ मूल्यको घर-जग्गा अस्पताललाई दान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

करोडौँ मूल्यको घर-जग्गा अस्पताललाई दान


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७४, आइतबार


काठमाडौं। एक दम्पतिले काठमाण्डौंको केन्द्रभागमा रहेको कान्तिपथस्थित करोडौं रुपैयाँ पर्ने घर र जग्गा एउटा आँखा अस्पताललाई दान दिएका छन्।

९१ वर्षिय श्रीजङ्ग शाह र रुद्र कुमारीले आफू बस्दै आएको घरसहितको जग्गा नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई दान गरेका हुन् ।

शनिबार पत्रकार सम्मेलन गरी शाहले कान्तिपथस्थित आफू बस्दै आएको घर र त्यसले चर्चेको जग्गा अस्पताललाई दान दिएको जानकारी गराएका हुन् । जग्गाको सरकारी मूल्य २१ करोड भन्दा बढी रुपैयाँ पर्ने भएपनि अहिले उक्त घरजग्गा करीब एक अरबसम्म बिक्रि हुने बताइएको छ ।

बुबाबाट प्रेरित भइ आफ्नो मृत्यु पश्चात अस्पतालको नाममा पास गर्ने निधो गरेका शााहले जग्गादान गर्दा आफन्तबाट केही झमेलासमेत व्यहोर्नु पर्यो । गीता र बाइबलबाट प्रेरित भइ देश र जनताको हितका लागि केही गर्ने सोचमा पुगेका शाह आम नागरिकले सेवा पाउने अस्पताललाई दिने निर्णयमा पुगेका हुन् ।

उनकी एउटी विवाहित छोरी छिन् । शुरुमा छोरी ज्वाइकै सहमतिमा जग्गा दान गर्ने निर्णयमा पुगेको भएपनि कसैको उक्साहटमा सबै सम्पत्ति नै रोक्का भएपछि अदालतसम्मै पुगेको मुद्धामामिलाको समेत मुकाविला गर्दै शाहले अन्तत्वोगत्वा बुबा कप्तान फत्तेजंग शाह तथा आमा बाल दिव्यश्वरी शाहले नेपालगन्जको फुटेग्रास्थित २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा दान दिएर बनाएको अस्पतालको नाममा थप सम्पत्ति दान गरेरै छोडे ।

२०४३ सालमा १० शैयाबाट सुरु भएको फत्ते बाल आँखा अस्पताल अहिले २ सय ५० बेड सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस