शर्माको ‘अम्लान फूल’ बजारमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शर्माको ‘अम्लान फूल’ बजारमा


प्रशासन विशेष ब्युरो

५ फाल्गुन २०७४, शनिबार


काठमाडौँ । साहित्य विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएकी शान्ति शर्माको पहिलो पुस्तक कृति ‘अम्लान फूल’ (गजल संग्रह) बजारमा आएको छ ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले कृति विमोचन गरका छन् ।

सो अवसरमा गजलकार पौडेलले “शान्तिले आफ्ना प्रायः गजलहरुमा आफ्नो जीवन भोगाइका अनुभूतिलाई काव्यात्मक र कलात्मक अभिव्यक्तिसहित गीतिमय छनक दिएको र राम्रो स्रष्टा कहलिन क्लिष्ट र दुर्वोध्य भाषामा लेख्नु पर्दैन” भन्दै गजलकारको सरल लेखन शैलीको प्रशंसा गरे ।

कृतिको समीक्षा गर्दै सनत वस्तीले शान्तिका हरेक गजल सरल, सरस र बोधगम्य रहेकाले पाठकका लागि गतिलो खुराक बन्ने बताए ।

कार्यक्रममा डा. घनश्याम न्यौपाने, प्रा. डा. कुमार कोइराला, प्रा. डा. सनत वस्ती, गीतकार तथा गजलकार प्रकट पंगेनी, साहित्यकार धनराज गिरी र रमेश पौडेलको ‘अम्लान फूल’ नेपाली गजल इतिहासमा साँच्चै नै अम्लानजस्तै कहिल्यै नओइलिने फूलका रुपमा रहने विश्वास व्यक्त गरे ।

आफ्ना गजललाई सुन्दर लयका साथ गाउन पनि सक्ने शान्तिले आगामी दिनमा गजल र मुक्तक लेखनका साथसाथै आख्यान लेखनतिरसमेत आफ्नो कलम सक्रिय रुपमा चलाउने उहाँहरुले वताए ।

सोलुखुम्बुको नेचा सल्यानमा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी शर्माले कथा, कविता मुक्तक, गजल, संस्मरणलगायतका विधामा कलम चलाउँदै आएकीछिन् ।

प्रतिक्रिया दिनुहोस