लालबाबु पण्डित र थममाया थापा मन्त्रीमा नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लालबाबु पण्डित र थममाया थापा मन्त्रीमा नियुक्त


प्रशासन विशेष ब्युरो

३ फाल्गुन २०७४, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा क्रमशः प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित उनीहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराए ।

मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलका सचेतक थिए । पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस