२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघुवित्त कार्यक्रमको लोकप्रियता

अ+ अ-

चार वर्षअघि हामीले बहालबाला तथा अवकास पाएका सैनिकहरुको जीवनस्तर कसरी उकास्ने सम्बन्धमा विभिन्न छलफल चलायौं । त्यस क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकास पाण्डेसँग छलफल ग¥यौं र, लघुवित्त कार्यक्रममा सहकार्य गर्ने समझदारी भयो । उहाँको नेपाली सेनाप्रति राम्रो विश्वास रहेछ । त्यसपछि हामीले लघुवित्त कार्यक्रम पाइलट प्रोजेक्टकारूपमा सञ्चालन गर्यौं । हाल नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा संचालन गरेको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो ।

२०७० सालमा सुदूर पश्चिमाञ्चलका पाँच जनालाई कर्जा दिएर लघुवित्त कार्यक्रम शुरु गरिएको हो । अहिलेसम्म २० हजार ८ सय ५० भन्दा बढीलाई कर्जा वितरण गरिसकिएको छ ।

यो कार्यक्रममा बैंकले ३ अर्ब ४५ करोड भन्दा बढी कर्जा प्रवाह गरिसकेको छ । ऋण लिएर व्यवसायीहरुले राम्रोसँग सदुपयोग गरी आफ्नो व्यवसाय संचालन गरिरहेका छन् । यसबाट उनीहरुको आर्थिक स्थितीमा दिन प्रतिदिन सुधार हुँदै गएकोले हामीलाई खुसी बनाएको छ ।

कार्यक्रमको सुरुवातमा कसरी कार्यक्रम सफल बनाउन सकिन्छ भनेर नीति र रणनीति बनाउनेतिर दत्तचित्त भएर हामी लाग्यौं । त्यसपछि ऋणीलाई घरदैलोमै सेवा दिनुपर्ने निचोडमा पुग्यौं । दुई–तीन वर्षको अनुभवले पनि यही कुरा देखाएको थियो । ऋण लिनेले पनि घरदैलोमै सेवा पाउनुपर्छ भन्ने माग गरे । लक्षित समुदायका चाहना बमोजिम हामीले पनि उनीहरूलाई घरदैलोमै सेवा दिन लागिपरेका छौं ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सहजीकरणका लागि थप बैंकका शाखाहरु खोल्ने र त्यसका लागि बैंकले शाखा थप्ने, शाखा नपुगेका जिल्लाहरुमा शाखा रहीत बैंकिङ सेवा पुर्याउन बिएलबी एजेन्ट नियुक्ती गर्ने जस्ताः काम गरिरहेको छ । यो धेरै राम्रो कुरा हो ।

अहिले हामी कर्जा वितरण गर्ने र उठाउने मात्रै होइन, लघुवित्त कार्यक्रममा सहभागी भएका व्यवसायीहरुको जीवनस्तर कसरी बढाउन सकिन्छ भन्ने तरिकाले सोचिरहेका छौँ । घरेलु उद्यम, कृषि तथा पशु व्यवसायलाई सशक्त बनाउन हामीले बैंकको पनि सहयोगमा विभिन्न व्यवसायिक तालिमहरु सञ्चालन पनि गरेका छौं । यसमा नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण प्रतिवद्धता र सहयोग प्राप्त भइरहेको छ ।

भौगोलिक बिकटताले गर्दा सबै क्षेत्रमा तालिम दिन चुनौती पनि उत्तिकै छ भने जिल्लास्तरमा संचालित कार्यक्रमहरुले सहभागिताको संख्यालाई बढाएको छ । हालसम्म ५ हजार भन्दा बढि हिताधिकारीहरुलाई व्यवसायीक तालिम दिइएको छ । आगामी दिनहरुमा यसलाई बढाउँदै लगिने छ ।

अहिले लघुवित्त कार्यक्रममा सहभागी हिताधिकारीहरुको संख्या २० हजार ८ सय ५० भन्दा बढी पुगिसकेको छ । अबको ४ वर्षमा प्रत्येक वर्ष १०/१० हजारका दरले थप ४० हजारलाई ऋण दिने योजना रहेको छ ।

तालिमको साथसाथै अनुगमनको पनि उत्तिकै आवश्यक छ । ऋणीले रकम सदुपयोग गरेको छ कि छैन ? ऋण लिएपछि उसको जीवनशैली उकासिएको छ कि छैन ? यसबारे अनुगमन र मुल्यांकन गर्नु पनि उत्तिकै आवश्यक देखिएको छ । यस सन्दर्भमा बैंकले नेपाली सेनाका पूर्वउपरथी धनिदास कार्कीलाई प्रमुख समन्वयकर्ताको रुपमा नियुक्ती गरेको र कल्याणकारी बोर्डले पनि लघुवित्त अधिकृतको नियुक्तीले आगामी दिनहरुमा यस कार्यक्रममा ठूलो प्रगतिको आशा गर्न सकिन्छ ।

हाल, महाराजगंज काठमाडौंमा बोर्डको केन्द्रिय कार्यालय छ, देशको पाँच क्षेत्रमा इपीसेन्टर कार्यालयहरु छन् । आगामी दिनमा देशभरका सबै क्षेत्रमा बसोबास गर्ने भू.पू. सैनिक तथा परिवारहरुलाई समेट्नको लागि प्रादेशिक ढाँचामा कार्यालयहरु खुल्ने नै छन् । कल्याणकारी बोर्डको संजाल मार्फत जस्तैः प्रदेश, जिल्लास्थित स्थानीयपतिको सहभागिता एवम् इपिसेन्टर कार्यालय र जिल्लास्थित फोकल व्यक्तिहरुको सहभागिताले आगामी दिनमा यस कार्यक्रमले अझैं व्यापकता पाउने देखिन्छ ।

सबैभन्दा ठूलो कुरा यस कार्यक्रमको सहभागिताले हामीलाई ठूलो उत्साह र हौसला मिलेको छ । बैंकले हामीमाथि ठूलो विश्वास गरी सहयोग गर्न पूर्ण प्रतिबद्धता देखाएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले यस लघुवित्त कार्यक्रमलाई सफल बनाउन गरेको योगदान नेपाली सेना र कल्याणकारी बोर्डले ठूलो सराह्रना गरेको छ ।

(नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी चित्र बहादुर गुरुङ (अ.प्रा.) संग एस राज उपाध्यायले गरेको कुराकानीमा आधारित)

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

प्रतिक्रिया दिनुहोस