नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर


प्रशासन विशेष ब्युरो

२७ माघ २०७४, शनिबार


नेपाली सेना

भीमदत्तनगर । नेपाली सेनाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली सेनाको सुदूरपश्चिम पृतना, २५ नं बाहिनी महेन्द्रनगर, भवानीबक्स गण, सिंहसार्दुल गुल्म र नं २५ फिएको संयुक्त आयोजनामा वेदकोट नगरपालिका– १० चतहरीमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरमा २६१ महिला र ११९ पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उपचारमा संलग्न सहसेनानी डा. भोला बोहराले जानकारी दिएका छन् । हाडजोर्नी, नाक, कान, घाँटी, प्रसूतिसम्बन्धी विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षण गराउनेमा भाइरल ज्वरो, पाठेघरको समस्या, हाड र छालाका बिरामी बढी रहेका थिए ।

महाशिवरात्रि तथा सेना दिवस, २०७४ को अवसरमा स्वास्थ्य शिविर आयोजना गरिएको भवानीबक्स गणका गणपति प्रमुख सेनानी दीपक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस