२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई बंगलादेशीलाई पाँच वर्ष प्रतिबन्ध

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले नक्कली राहदानीमा नेपाललाई ट्रान्जिट बनाई युरोप छिर्न खोज्ने उनीहरूलाई ५ वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको हो।

उनीहरू पुस २३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पक्राउ परेका थिए। पोर्चुगलको जाली राहदानीमा चीनको कुनमिङ हुँदै युरोप जाने क्रममा उनीहरू विमानस्थल अध्यागमनमा पुस १८ गते पक्राउ परेका थिए। विभागले उनीहरूलाई गत शुक्रबार बंगलादेश फिर्ता पठाएको छ। अध्यागमन विभागका निर्देशक राजुप्रसाद पौडेलले जाली राहदानीमा आएका दुई बंगलादेशीलाई निष्काशन गरिएको बताए।

रहमान र हुसेनले शंकास्पद व्यवहार देखाएपछि अध्यागमन कर्मचारीले पक्राउ गरेका थिए। नेपाल प्रवेश गर्दा अध्यागन कर्मचारीले उनीहरूको नक्कली राहदानीमा आगमन अनुमति दिएका थिए। ५ दिन नेपाल बसाइपछि उनीहरू चीनको कुनमिङ हुँदै इटाली जान खोज्दा मात्र अध्यागमन कर्मचारीले राहदानी नक्कली भएको पत्तो पाएका थिए। इटाली हिँडेका उनीहरूसँग कुनै पनि युरोपेली देशको भिसा थिएन। अनुसन्धानका क्रममा उनीहरूको साथबाट बंगलादेश र पोर्चुगलका दुई राहदानी भेटिएपछि पक्राउ गरी थप अनुसन्धानका लागि विभागका बुझाएका थिए। जाली राहदानीअन्तर्गत काठमाडौं जिल्ला अदालतले सुनाएको जरिवाना तिरेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्काशन गरेको हो।

बंगलादेशस्थित नेपाली दूतावासबाट भिसा लिएका उनीहरूलाई दूतावास कर्मचारीले समेत नक्कली राहदानीमा भिसा दिएका थिए। दलालको काम गर्दै आएका बंगलादेशी सज्जाद हुसेनको सुझावअनुसार रहमान र हुसेनले नेपालको भिसा लिएका थिए। दूतावास कर्मचारीले नक्कली राहदानीमा के कसरी भिसा जारी गरे केही खुलेको छैन। उनीहरूले पोर्चुगलको राहदानी खरिद गर्न दलाललाई प्रति राहदानी १० हजार अमेरिकी डलर बुझाएको बयान दिएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments