द्वन्द्वकालमा मारिएका राष्ट्रसेवकलाई एकमुष्ट सहिद घोषणा « प्रशासन
Logo २५ जेष्ठ २०८१, शुक्रबार
   

द्वन्द्वकालमा मारिएका राष्ट्रसेवकलाई एकमुष्ट सहिद घोषणा


प्रशासन विशेष ब्युरो

२२ माघ २०७४, सोमबार


काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई एकमुष्ट सहिद घोषणा गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको नीतिगत निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार द्वन्द्वकालमा मारिएका सेना, प्रहरी, सशस्त्र, शिक्षक, निजामती कर्मचारीलाई सहिद घोषणा गरिएको हो । सहिदहरुको सूची केही पछि मात्र सार्वजनिक गरिनेछ ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको म्याद पुनः थप गरेको छ भने उच्चस्तरीय शिक्षा आयोगको म्याद चार महिना थप गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस