पातहरु फेरिन सक्छ, जरा कहिल्यै फेरिँदैन –पूर्वराजा ज्ञानेन्द्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पातहरु फेरिन सक्छ, जरा कहिल्यै फेरिँदैन –पूर्वराजा ज्ञानेन्द्र


प्रशासन विशेष ब्युरो

२२ माघ २०७४, सोमबार


काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै रुखमा पात फेरिए पनि जरा नफेरिने वताएका छन् ।

बाटो फरक भएपनि सिद्धान्त छोड्न नहुने वताउँदै पूर्वराजा शाहले गल्तीबाट पाठ सिक्दै लक्ष पुरा गर्न सकिने वताए ।

पूर्वराजा शाह भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका हुन् ।

भारत बसाइका क्रममा उनी भारतीय देशी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा पनि सहभागी हुनेछन् ।

भारतका विभिन्न धार्मिक तिर्थस्थलको भ्रमणमा निस्किएका पूर्व राजा शाहलाई विदाई गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा शुभेच्छुकहरुको भीड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस