कठोर बनेर कर्मचारीलाई काम लगाउनुपर्नेः प्रचण्ड « प्रशासन
Logo ६ जेष्ठ २०७९, शुक्रबार
   

कठोर बनेर कर्मचारीलाई काम लगाउनुपर्नेः प्रचण्ड


१९ माघ २०७४, शुक्रबार


धुलिखेल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने वताएका छन् ।

आज काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै उनले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि धेरै झमेला गर्ने गरेको उल्लेख गर्दै “केही कर्मचारीले अझै पनि राजा महाराजाबाट भएको निर्देशनात्मक अभियान अनुरुप काम गर्ने गरेको पाएको छु”, उनले भने, “त्यसैले भएको ऐन नियम र कानूनलाई परिमार्जन गरी संस्कारलाई नै परिमार्जन गरेर अगाडि बढ्नुको विकल्प छैन ।”

ऐन नियम र निर्देशिकामा आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढेमा मात्र उद्योगको विकास हुने वताए ।

प्रतिक्रिया दिनुहोस