प्रदेश नं १ का प्रमुख सचिव कोइरालाद्वारा पदबहाली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं १ का प्रमुख सचिव कोइरालाद्वारा पदबहाली


प्रशासन विशेष ब्युरो

१९ माघ २०७४, शुक्रबार


विराटनगर । प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज पदबहाली गरेका छन् ।

आफ्नो पदबहाली गरेपछि आजै उनले प्रदेशसभा भवन तथा मुख्यमन्त्री, प्रमुख सचिव र विभिन्न मन्त्रालय रहने कार्यालयको अनुगमन र निरीक्षण समेत गरेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै माघ २२ गते हुने प्रदेशसभा अधिवेशनका लागि सभा भवनको काम तीव्र रुपमा भइरहेको र मन्त्रालयको भवन तोक्ने काम शनिवारसम्म निर्णय हुने जानकारी दिएका छन् । विराटनगर अस्थायी मुकाम कायम भएपछि आजसम्म प्रमुख सचिव र चार प्रदेश सचिव विराटनगर आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस